मेयर साहलाई प्रधानमन्त्रीकाे आश्वासन : कामपाको समस्या समाधानमा सहयोग रहन्छ

मेयर साहलाई प्रधानमन्त्रीकाे आश्वासन : कामपाको समस्या समाधानमा सहयोग रहन्छ

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाै महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

काठमाण्डाै महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहसँगको भेटका क्रममा आज बुधवार प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको मेयरमा विजय भएकामा बधाईसमेत दिनुभयो ।

मेयर साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । मेयर साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij