मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा आन्तरिक उडान सुरु

मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा आन्तरिक उडान सुरु

काठमाण्डाै – वायुसेवा कम्पनीले मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गर्न थालेका छन् ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णय अनुसार विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट मौसम सम्बन्धी रिपोर्ट लिएर उडान थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सामान्य रुपमा आन्तरिक उडान भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्ति मौसम सफा नभइ आन्तरिक उडानको अनुमति नदिने निर्णय गरेको थियो । प्रविधिको प्रयोग नगरि आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइका साथ लागू गरिएको छ । ती क्षेत्रमा उडान भर्दा मौसमसहित उडान सुरु भएदेखि अवतरण हुने ठाउँसम्मको मौसम सफा भएपछि मात्रै उडान अनुमति पाइनेछ ।

 

प्रविधि जडान भएको विमान र विमानस्थलबाट भने इनरुट मौसम सफा नभए पनि उडान अनुमति छ । गएको आइतवार तारा एअरको जहाज दुर्घटनापछि मौसमकै कारण हुने जहाज दुर्घटनाका घटना न्यूनीकरण गर्न प्राधिकरणले यो व्यवस्था लागू गरेको हो ।

 

उडान सुरक्षालाई ध्यानमा राखेर प्राधिकरणले मौसम पूर्वानुमान शाखालाई हवाई कम्पनीले मागेकै समयमा मौसमसम्बन्धी जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ । तीन दिनको मौसमी पूर्वानुमान, भिजिबिलिटी, सम्भावित वर्षा, चट्याङ्ग, हावाहुरीलगायतका सूचनाको पूर्वानुमान गर्दै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनशक्ति तथा नयाँ प्रविधि र पूर्वाधारको अभावले पूर्वानुमानमा समस्या रहेको जनाएको छ

प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij