योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने,नगरप्रमुखले गरे शिलान्यास

योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने,नगरप्रमुखले गरे शिलान्यास

बुटवल

 

बुटवल योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने भएको छ ।

 

बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो । करीब ५१ लाख रुपैया लागतमा निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिकाबाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ ।

 

विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले मुल मन्दिरको विधिपुर्वक पुजापाठ गरि शिलन्यास गरेका छन । धर्मबाट मानिसलाई नियममा बाध्ने र सामाजिक बनाउने उनले बताए । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्घता जनाए ।

 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेल, बुटवल ११ का वडा सदस्य नहकुल शाहीलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।

 

बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल छ । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि ब्यवसायिक भवनका सटरहरु छन ।यसैबिच समितिका पदाधिकारीहरुले स्थानिय पालिकामा निर्वाचित भएका बुटवल र तिलोत्तमा नगरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।

 

कार्यक्रममा समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । यस क्षेत्रमा बगैचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए ।

 

कार्यक्रममा देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपाल, वरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा, कार्यक्रममा ई. नारायण बहादुर गुरुङले मानसिक शान्ति दिने रुपमा यो स्थानलाई विकास गराउनुपर्ने बताए । हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij