रुपन्देही
उत्कृष्ट वातावरण पत्रकारिता २०७८ बाट पत्रकार तेजेन्द्र केसी पुरस्कृत भएका छन् । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाई, निवर्तमान अध्यक्ष यानेन्द्र जिसि लगायतले पत्रकार केसीलाई पुस्कार प्रदान गरेका हु्न् । पुस्कारको राशी २५ हजार रहेको छ । लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका केसी रातोपार्टीका लुम्बिनी प्रदेश प्रमुख र बुटवलबाट प्रकाशित दैनिकपत्र आवद्ध रहेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावारण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो बनाएर वातावरण सम्बन्धी क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिदै आएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्