काठमाडौं – सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। ‘असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हट्यो’, उनले भने।
सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो।
हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
मन्त्री खतिवडाका अनुसार मन्त्रिपरिषद्को बैठकले सेना र प्रहरीमा पदोन्नतिको केही निर्णय पनि गरेको छ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्