अब राजसंस्थाको औचित्य छैन : कमल थापा

अब राजसंस्थाको औचित्य छैन : कमल थापा

बुटवल

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि हालतमा राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । ‘राजसंस्था पुनस्थापित भयो भने दुःखीत हुन्न ।’ उहाँले भन्नुभयो–‘तर असंभव बाटोमा लागेर काम छैन ।’
पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा आउनु भएका अध्यक्ष थापाले बिहिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस, एमालेको साथ र समर्थन विना राजनीतिक परिवर्तन संभव नभएको बताउनु भयो । ‘हिजो राजसंस्थालाई टाउकोमा बोकेर हिडियो, त्यो अभियानमा राजा र राजसंस्थाको कुनै प्रकारको सहयोग पाईएन ।’ उहाँले भन्नुभयो–‘बहुलठ्ठी पारश शाहका लागि सति जना सकिँदैन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीमा सैद्धान्तिक रुपमा विचलन आएको बताउँदै उहाँले राष्ट्रिय प्रतातन्त्र पार्टीले राजसंस्थाको एजेण्डा छाडेमा ससम्मान पार्टी एकता गर्न सकिने भनाई राख्नुभयो । तर राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलमा रहेकाले त्यो भने संभव नभएको उहाँको भनाई छ ।
राप्रपामा सैद्धान्तिक रुपमा विचलन आएपछि राप्रपा नेपाललाई पुरजाग्रित गरिएको र देशको धरातललाई आत्मसात गरेर नयाँ सोचका साथ राप्रपा नेपाललाई अघि बढाउन खोजिएको उहाँले बताउनु भयो । सोही अनुसार छोटो अवधिमा देशका ७७ वटै जिल्ला र भातृसंगठानहरुको संरचना तयार भईसकेको अध्यक्ष थापाले बताउनु भयो ।
राष्ट्रियता, समाजवाद र हिन्दुराष्टको एजेण्डा बोकेको राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति, दुई तहको संघीयताको वकालत गरिएको उहाँले बताउनु भयो । पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र सर्वसहमतिमा गर्नुपर्ने र त्यसो हुन नसकेमा त्यस विषयमा जनमत संग्रह गर्न सकिने उहाँको भनाई छ ।
अहिले मुलुकमा लोकतन्त्रको आवहरणमा सर्वसत्तावाद हावी भएको, बाह्य शक्तिको चलखेल र प्रभाव तिब्र रुपमा बढेर गएको तथा सरकारको नीति र अकर्मण्यताले महंगी बढेर गएको उहाँले आरोप लगाउनु भयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij