काठमाण्डाै – नुवाकोटको ककनी गाउँपालिकाबाट विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर नुवाकोट पुगेको छ ।
सेनाका तालिमप्राप्त कर्मचारीले ती व्यक्ति पुगेको लिखु गाउँपालिकाको टावरमा पुगेर उद्धारकाे प्रयास गरेका छन्, तर उनी झन् झन् भाग्दा समस्या भएको छ । ‘केही समय पहिलेसम्म उनी टावरमा बसेका थिए, सेनालाई देखेपछि तार नै तार झन् भागिरहेका छन्, उद्धारमा निकै समस्या हुने देखियो’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भन्नुभयो ।
मानसिक सन्तुलन गुमाएका व्यक्ति ककनीबाट प्रसारण लाइनमा चढेकोमा अहिले तार नै तार हिँडेर लिखु गाउँपालिका पुगेका छन् । उनका कारण माथिल्लो त्रिशूली ‘थ्री ए’ को ६० मेगावाट र अरु ५ मेगावाट गरी ६५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । यसैको कारण ठाउँठाउँमा लोडसेडिङ भएको र भारतबाट आयात बढाइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्