JanataToday.com

Advertisment

SKIP THIS

एसियन कप छनोट : नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्दै

एसियन कप छनोट : नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्दै

काठमाडौं – एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ ।

त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ ।

नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ ।

पहिलो खेलमा कुवेतलाई हराएको इन्डोनेसिया दोस्रो खेलमा जोर्डनसँग पराजित भएको थियो । इन्डोनेसियाको लागि भने नपालविरुद्धको नतिजा एसियन कपमा छनोट हुनका लागि महत्वपूर्ण बन्न सक्छ । लगातार दुई खेल जितेको जोर्डन ६ अंकसहित शीर्ष स्थानमा छ र इन्डोनेसिया र कुवेतको समान ३ अंक छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij