JanataToday.com

Advertisment

SKIP THIS

लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ ।

शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो ।

लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ र अर्को वर्ष हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान लगभग बनाइसकेको छ ।

यता नेपाल भने आधा खेल पनि खेलेको छैन । ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij