JanataToday.com

Advertisment

SKIP THIS

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ह्युस्टनमा बेलुका सवा ९ बजे खेल्न लागेको हो ।

अमेरिकामा चलिरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । आज बिहान सकिएको खेलमा ओमानलाई ७ विकेटले हराउँदै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

नेपालले १५ खेलमा १५ अङ्क जोडेको छ । अमेरिका २१ अङ्कका साथ चौथो स्थानमा छ । पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । ओमान ४४ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ ।

स्कटल्यान्ड २८ अङ्कसहित दोस्रो, यूएई २६ अङ्ककासाथ तेस्रो, नामिबिया १४ अङ्ककासाथ छैटौँ र पपुवा न्युगिनी २ अङ्ककासाथ पुछारमा छ।

प्रकाशित मिति : बुधबार, असार १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij