सैनामैना नगरपालिका वडा नं. ४ पूर्ण खोप सुनिश्चित वडा घोषणा

सैनामैना नगरपालिका वडा नं. ४ पूर्ण खोप सुनिश्चित वडा घोषणा

 

सैनामैना -सैनामैना नगरपालिका वडा नं. ४ लाई बुधबार पूर्ण खोप सुनिश्चित वडा घोषणा गरीएको छ । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता पुर्ण खोप पालिका हाम्रो प्रतिबद्धता, भन्ने नाराका साथ सैनामैना नगरपालिका वडा नं. ४ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले बाललिकाहरुलाई सम्पुर्ण खोपको पहुँचमा पु¥याईयो भने उनीहरु विभिन्न रोगबाट मुक्त हुनुका साथै उनीहरुमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता वडा घोषणालाई सफल बनाउने महिला स्वास्थ्य स्वयमसेविका, कर्मचारी, स्थानीय सबैलाई धन्यवाद दिँदै स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको नगर प्रमुख शर्माले बताउनुभयो । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष एवम् पर्रोहा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारले वडा नं. ४ मा रहेका बालबालिकाहरु -लाई विभिन्न खोपको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो । पूर्ण खोप सुनिश्चिित घोषणा कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद तिवारीले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाउने उमेर समूहका बालबालिकाले खोपको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित वडा घोषणा भएकोमा खुशि व्यक्त गर्दै क्रमश मापदण्ड पुरा भएका नगरका सबै वडाहरुलाई पनि पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिने बताउनु भयो । सैनामैना नगरपालिका वडा नं. ४ का जन्मेदेखि १५ महिना -सम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३महिनाका बालबालिकाले राष्ट्रिय खोप प्राप्त गरेकाले वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी गराउनुभएको हो । वडा भित्रका सबै बालबालिकालाई बिसीजी, डिपिटी, एचबी, पोलियो, दादुरा रुबेला लगायतका ११ रोग विरुद्धका पूर्ण खोप पाएका छन् । सैनामैना साविकका ३ वटा गाविस मिलेर नगरपालिका भए पश्चात ११ वडा बनेको छ । कार्यक्रममा जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयम सेविकाहरु,आमा समुह, शिक्षक, संचारकर्मीको उपस्थिति रहेको थियोे । वडा नंं ४ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष निशा परियारको स्वागत तथा स्वास्थ्यकर्मी रिता शाहीको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

प्रकाशित मिति : बुधबार, असार १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij