भैरहवा – मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक विदा दिएको छ । मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा विदा दिइएको हो ।
गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा विदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन । गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असार ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्