JanataToday.com

Advertisment

SKIP THIS

एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं -एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।

समूह चरणमा तीन खेल जितेको नेपाल हङकङसँग पराजित भएको थियो । अहिले नेपाललाई त्यही हार महँगो बन्यो ।

प्रकाशित मिति : शुक्रबार, असार १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij