JanataToday.com

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो ।

भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ ।

लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ । नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ । आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : मंगलबार, असार १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij