बुटवल
बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको रहेको पाल्पाली होटलमा बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ भुन्डिएको अवस्थामा फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गयराति ती युवती र एक युवा होटलमा बस्न गएका थिए ।
‘ती युवती र युवा राती साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राती नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राती १२ बजे होटल संचालकले फोन गरेका गर्नु भएको थियो ।’–उनले भने ।
युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भईरहेको प्रहरी प्रमुख केसीले बताए । अहिले युवतीको शव पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए ।
प्रकाशित मिति : आइतबार, असार २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्