प्रचण्ड भन्छन् : सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जानसक्छ

प्रचण्ड भन्छन् : सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जानसक्छ

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने बताएका छन् ।

पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी ताकतसहित लागेको उल्लेख गर्दै प्रचण्डले कमजोरीलाई आत्मसाथ गरी जनमतलाई आफ्नो पक्षमा पार्न नसकिए प्रतिकुल अवस्था आउन सक्ने औंल्याए ।

आइतबार बुटवलका पुराना पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन गरेको लोक अभियान पाक्षिक पत्रिकाको विमोचन गर्दै प्रचण्डले आफ्नै दलप्रति इंगित गर्दै आफ्नो कमजोरीप्रति आत्मआलोचना गर्न सक्नुपर्छ, हामीमा घमण्ड, अभिमान आयो, जनताका कुरा सुन्न छाड्यौं भने प्रतिक्रान्तिकारी शक्तिले उपयोग गर्नेछ ।

क्रान्ति पूर्ण सफल नभएको बताउदै प्रचण्डले विश्व इतिहासबाट पनि पाठ सिक्नुपर्ने उल्लेख गरे । हिजोका शासकलाई कम्युनिष्ट शक्ति सत्तामा आएको मन नपरेको र गुमेको शक्ति पुनर्स्थापित गर्र्ने कसरतमा रहेकाले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।

क्रान्ति पूर्णरुपमा सफल नभएको उल्लेख गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बताए ।

‘दोस्रो विश्वयुद्धपछि विश्वभर आक्रामक थियो, तर अहिले आक्रामक छैन, हामी रक्षात्मक अवस्थामै छौं प्रचण्डले भने ।उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij