वुटवल
रोटरी क्लब अफ तिनाउ बुटवलको छैठौ पद हस्तातरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । एक कार्यक्रमका बिच रोटरी क्लब अफ तिनाउका बर्ष २०२१ /२२ का अध्यक्ष प्रतिमा भट्टराईले बर्ष २०२२/ २३ का अध्यक्ष कल्पना तिवारीलाई पद हस्तान्तरण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै अध्यक्ष तिवारीले रोटरीको नियमा रहेर आफनो कार्यकालमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर आइ ३२९२ नेपाल भुटानका डिष्ट्रीक गभर्नर रो. जितेन्द्र बहादुर राजभण्डारीले रोटरी अभियानले देशैभरी सकारात्मक कार्य गरेको बताउनुभयो ।
कार्यक्रममामा बर्ष २०२१ /२२ मा गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिदै अध्यक्ष रो। प्रतिमा भट्राईले बिभिन्न कार्यक्रम संयोजकलाई मायाको चिनो र क्लबका सदस्यहरुलााई मायाको चिनो स्वरुप लेखक राधा ज्ञवालीद्धारा लिखीत पुस्तक रजनोबृत्ति प्रदान गर्नुभएको थियो ।
वहाँले बर्ष २०२१/ २२ मा रोटरी अभियान बुझ्ने ,समाजसेवा गर्ने अवसर मिलेको बताउदै आफ्नो नेतृत्वमा रहदा साथ सहयोग दिने सम्पुर्णप्रति धन्यवाद ज्ञापन गर्दै आगामी नेतृत्वका लागी उत्कृष्ट कार्य गर्न शुभकामना ब्यक्त गर्नुभयो । साथै रोटरी तिनाउद्धारा स्थापित अक्षयकोषमा सहयोग गर्नुभएका बिभिन्न ब्यक्तीत्वहरुलाई पनि प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको सचिव साबित्रा घिमिरेले बताउनुभयो ।
आफ्नो कार्यकालमा सक्रिय भुमिका निर्बाह गरेको भन्दै सचिव साबित्रा घिमिरे ,कोषाध्यक्ष बिनिता खनाल, एडमिन चेयर आशा पाण्डे,सञ्चार संयोजक अस्मिना पाण्डेलाई प्रशंशा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा ए आर आर एफ सि पिडिजी रो. सन्जय गिरि,पिडिजी रो. सन्तोष रिजाल डिस्ट्रीक गभर्नर इलेक्ट रो. राजेन्द्र ध्वजु, एसाइन एजि रो. राजुदेबी खनाल ,क्लब एडभाइजर रो. एजाज आलम, निबर्तमान एजि रो. देबि गुरुङ लगायतले बोल्दै रोटरीले गरेका कामहरुको समिक्षा गर्दै आगामी दिनमा अझै उत्कृष्ट र चेतनामूलक कार्यक्रम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा क्लबका चार्टड प्रेसीडेन्ट देबि वाग्ले ,पुर्ब अध्यक्षहरु भगवती पाण्डे,जमुना ढकाल, ज्ञानधरा पन्थ, निबर्तमान अध्यक्ष प्रतिमा भट्टराईका प्रथम पुरुष भरत भुसाल र अध्यक्ष कल्पना तिवारीका प्रथम पुरुष तोयनाथ न्यौपाने, क्लबका सदस्यहरु, बिभिन्न रोटरी क्लबका अध्यक्षहरु, पत्रकार , समाजसेवीहरुको सहभागिता रहेको थियो ।कार्यक्रम २०२२ /२३ अध्यक्ष रो. कल्पना तिवारीको अध्यक्षता सचिव रो. अनिता भुसाल ,र बर्ष २१ /२२ का सचिव साबित्रा घिमिरेको सञ्चालन ,इलेक्ट प्रेसीडेन्ट अमृता भुसालको स्वागत , नोमीनी रमिला शर्माको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा बर्ष २०२२ /२३ का लागी प्रकाशन गरिएको डाइरेक्ट्री विमोचन गरिएको थियो ।
रोटरी क्लब अफ अफ तिनाउ बुटवल महिलाहरु मात्रै आवद्ध रहेको पहिलो रोटरी क्लब हो ।
प्रकाशित मिति : आइतबार, साउन १ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्