JanataToday.com

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग दुई/दुई खेल खेलेको थियो । चार खेलमा नेपाल तीनमा पराजित हुँदा एउटा मात्रै खेल जितेको थियो । नेपालले घरेलु टोली स्कटल्यान्डलाई एउटा खेलमा हराएको थियो । नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

यो तालिकामा ओमान ३६ खेलमा ४४ अङ्कसहित शीर्ष स्थानमा छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

शीर्ष ३ मा पर्ने नेपालको सम्भावना झिनो हुँदै गएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij