एसइईको नतिजा भोलि दिउँसो प्रकाशित हुने निश्चित (यसरी हेर्नुहोस् नतिजा)

एसइईको नतिजा भोलि दिउँसो प्रकाशित हुने निश्चित (यसरी हेर्नुहोस् नतिजा)

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने जनाएको छ। बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारीदिए

बोर्डले यसअघि पटक-पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो। ‘भोलि नतिजा प्रकाशित हुने कन्फर्म हो, ’रायमाझीले भने। एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्।

यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो। (यसरी हेर्नुहोस् नतिजा)

प्रकाशित मिति : मंगलबार, साउन १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij