एकापसमा हातेमालो गरेर अगाडी बढ्ने बुटवलका जनप्रतिनिधि र कर्मचारीको प्रतिवद्धता

एकापसमा हातेमालो गरेर अगाडी बढ्ने बुटवलका जनप्रतिनिधि र कर्मचारीको प्रतिवद्धता

बुटवल

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले नगरको विकासमा एकापसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिलाएर अगाडी बढ्न सकेमात्रै नगरको विकास सम्भव हुने भन्दै उनिहरुले नगरको विकासमा जनप्रतिनिधि र कर्मचारीहरु एकापसमा हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

आइतबार बुटवल उपमहानगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उनिहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।

 

नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले पन्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन निर्देशन दिए ।

 

‘हामी जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने हुन्छ, कर्मचारी संयन्त्र स्थायी सरकार हो, उनले भने–जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको भूमिका रहन्छ, त्यसैले स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

उनले बुटवलको विकासका लागि जनप्रतिनिधिका योजनामा साथ दिएर अघि बढेमा मात्रै प्रभावकारी काम हुने बताए ।

 

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।

 

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरलाई सफल बनाउनका लागि नगरप्रमुखका योजना कार्यान्वयनमा आफु कानूनी आधारमा अघि बढ्ने बताए । उनले नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

 

उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्यलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : आइतबार, साउन १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij