मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा भट्टराई

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा भट्टराई

बुटवल,


Koमानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा भएको जिल्ला शाखाको २३ औ साधारणसभाले खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो । उपसभापतिमा कपिल ज्ञवाली,सचिवमा कृष्ण पाण्डे , सहसचिवमा फुलु सुनार र कोषाध्यक्ष लिलाधर लुईटेल चयन हुनुभएको छ ।

त्यस्तै अर्जुन कुवर,अर्जुन ज्ञवाली,कृष्ण भण्डारी,मोहनीलाल न्यौपाने,रत्ना कडेंल,केशवराज पाण्डे,सिता पौडेल,नन्दु थापा रहेका छन् । बांकी १ महिला सदस्य कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ ।

नयां नेतृत्वको कार्यकाल २ बर्षको हुनेछ । साधारणसभाको लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्दै शान्तिपूर्ण आन्दोलनले सार्थक रुप लिने बताउनुभएको छ । सो अबसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, भाद्र ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij