काठमाण्डाै – केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय ३१ रनको लक्ष्य पाएको छ । नैरोबीको जिमखाना मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो ।
कन्याका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।
नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्