रुपन्देहीमा फरेनी बजार आउजाउ रोक यथावत गर्ने प्रशासनको निर्णय

रुपन्देहीमा फरेनी बजार आउजाउ रोक यथावत गर्ने प्रशासनको निर्णय

भैरहवा – जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकले दशै, तिहार, छठ जस्ता चाडपर्व नजिकिदै गैरहेको अवस्थामा हुन सक्ने चोरी निकासी पैठारीलाई मध्येनजर गरी यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । समितिले सीमामा लाग्ने गरेको फरेनी बजारबाट चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेको भन्दै अहिले गरिएको आवात जावतलाई यथावत गर्ने निर्णय गरेको छ ।

समितिले निर्णय गर्दै “पक्लिहवा नजिक दशगजा नजिकै रहेको फरेनिया भन्ने स्थानमा लाग्ने बजारमा नेपाल तर्फवाट मानिस आउने जाने गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकोले उक्त स्थानवाट भारततर्फ आउन जान रोकेको विद्यमान अवस्थालाई निरन्तरता दिई उक्त क्षेत्रवाट हुन सक्ने चोरी पैठरीको जोखिमलाई नियन्त्रण गर्ने ।” जनाएको छ । केही दिन पहिला भैरहवाका उद्योगी ब्यवसायीहरुको क्रियाशिल संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र उद्योग ब्यपार संगठन रुपन्देहीले यसै बिषयमा संयुक्त प्रेस बिज्ञप्ती जारी गरेका थिए । जारी प्रेस बिज्ञप्तीमा भैरहवा तथा यस आसपास सीमावर्ती क्षेत्रमा लाग्ने बजार तथा त्यस क्षेत्रबाट हुदै आएको चोरी निकासीबाट आफ्नो ब्यपार प्रभावित बनेको गुनासो गरेका थिए ।

अहिले जिल्ला प्रशासन कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले त्यो समस्यालाई समाधान गर्न खोजेको छ । यसै गरि समितिले मालवस्तुहरु चोरी निकासी/पैठारी हुने शंकास्पद स्थानहरु पहिचान गरी भन्सार कार्यालयले गस्ती परिचालनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । यस संगै आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तिव्र बनाउने, सुरक्षा निकायहरुले भारतीय सीमा नाकामा हुन सक्ने चोरी पैठारीको उच्च जोखिम भएका स्थानहरुमा प्रभावकारी रुपमा नियमित एवं आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव ज्ञानेन्द्रराज ढकालले जानकारी दिए ।

साथै राजस्व अनुसन्धान कार्यालये सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गरि मालवस्तुहरु चोरी निकासी/पैठारी हुनबाट रोक्ने समितिले निर्णय गरेको उनले बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको राजस्व चुहावट नियन्त्रण समितिका भैरहवा भन्सार कार्यालयका प्रमुख सदस्य सचिव रहेको समितिमा सुरक्षा निकायका प्रमुख, आन्तरिक राजस्व कार्यालयका प्रमुख, राजस्व अनुसन्धान कार्यालयका प्रमुख सदस्य रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij