काठमाडौं : नेपाली कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ।
सत्तारुढ कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो।
अभियान शुक्रबारदेखि २४ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।
अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाइसकेको छ।
अभियान अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधिलगायत बैठक बोलाउने छन् ।
यस्तै प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ।
अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्