सिट बाँडफाँट टुङ्गाे लगाएपछि मात्रै कांग्रेसले उम्मेदवार छान्छ : खाण

सिट बाँडफाँट टुङ्गाे लगाएपछि मात्रै कांग्रेसले उम्मेदवार छान्छ : खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा सिट बाँडफाँट टुङ्गाे लगाएपछि मात्रै नेपाली कांग्रेसले आउँदाे सङ्घ र प्रदेश सभाकाे चुनावमा उम्मेदवार चयन गर्ने बताउनुभएको छ ।

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताउनुभएको हो । उहाँले भागबन्डा टुङ्गो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताउनुभयो ।

गृहमन्त्री खाणले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमति जुट्न नसकेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : मंगलबार, भाद्र २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij