एमालेमा प्रवेश गरेका जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य बच्चुलाल केवट पुनः जनता समाजवादी पार्टीमा फर्किनु भएको छ । जसपाका गैडहवा गाउँपालिका अध्यक्ष समेत रहेका केवटले आफू आन्तरिक असहमतिका कारण आवेशमा आई पार्टी छोडी एमालेमा प्रवेश गरेको बताउँदै ठूलो भुल महसुस गरी आफ्नै पार्टी (जसपा)मा फिर्ता भएको उल्लेख गर्नुभएको छ ।
उहाँले बीहिबार एक प्रेस विज्ञप्ती जारी गरी पार्टी छाडेर एमालेमा गएको प्रति आफूलाई ठूलो आत्मग्लानी महशसु भएको बताउनु भएको छ । ‘मैले लिएको क्षणिक निर्णका कारण मेरो पार्टीका कार्यकर्ता, शुभचिन्तक एवम् पार्टी नेतृत्वमा पर्न गएको असरको लागि क्षमाप्राथी छु ।’ विज्ञप्तीमा भनिएको छ–‘अव उपरान्त पुनः जनता समाजवादी पार्टीमै रही पार्टीको विधान, नीति अनुसार पार्टी कार्यकर्ता तथा शुभन्तिकको हित चिताई सक्रिय रहने छु ।’
उहाँलाई हादै एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य खिमलाल भट्टराई, भूमिश्वर ढकाल लगायतका नेताहरुले एमालेमा प्रवेश गराउनु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, भाद्र २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्