काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूचि बनाउँदा क्लष्टरको आधारमा छनोट गर्ने जिम्मेवारी आठ सहमहामन्त्रीलाई दिएको छ ।
कार्यसम्पादन समितिको बैठकले समावेशीताको आधारमा सूचि तय गर्नका लागि अध्ययन गरी रिपोर्ट बुझाउने अधिकार सहमहामन्त्रीहरुलाई दिएको छ ।
कांग्रेसमा समावेशिताको क्लष्टर अनुसार महामन्त्री चुनिएका छन् । उनीहरुले आफ्नो आफ्नो क्लष्टरको सूचि बनाउने जिम्मा पाएका हुन् ।
‘समावेशिताको क्लष्टर र पार्टीले बनाएको मापदण्डलाई आधार बनाएर नाम अर्को बैठकमा प्रस्तुत गर्ने भन्ने भयो’, बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, ‘आएको नामहरुमा क्लष्टर र मापदण्ड हेरेर को कोलाई प्राथमिकता दिने भनेर उहाँहरुले रिपोर्ट बुझाउनुहुनेछ ।’
समावेशिताका लागि मुस्लिम, थारु, महिला, जनजाति, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लष्टर छन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्