अख्तियारद्वारा पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारद्वारा पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्रउपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप सोह्र लाख पचास हजार रुपैयाँ पनि बरामद भएको थियो ।

 

उनीसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा १ को ङ बमोजिम कैद सजाय हुन मागदाबी गरिएको छ।

उनीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : आइतबार, असोज २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij