विधेयक प्रमाणीकरण नहुँदा नागरिकले दुःख पाए : गृहमन्त्री खाँण

विधेयक प्रमाणीकरण नहुँदा नागरिकले दुःख पाए : गृहमन्त्री खाँण

भैरहवा

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

संविधानको पालना गर्नु सबैको दायित्व र जिम्मेवारी भएको चर्चा गर्नुहुँदै गृहमन्त्री खाणले भन्नुभयो, “असंवैधानिक कदम कसैले चाल्नु हुँदैन, त्यसले विधि, लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउँछ ।”

कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहनुभएका मन्त्री खाणले राष्ट्रपतिले उठाएका कतिपय विषय संविधान संशोधनबिना परिवर्तन गर्न सम्भव नभएको बताउनुभयो । हिमाल, पहाड र तराईमा गरी नेपालमा १ लाख ९० हजार बढीले जन्मसिद्धको आधारमा नागरिकता लिएकोमा उहाँहरूको सन्तानलाई अहिले नागरिकता पाउन समस्या भएको उहाँको भनाइ छ ।

कोही पनि नागरिक नागरिकता विहीन हुन नहुने विश्वव्यापी मानवअधिकारको मान्यता रहेको चर्चा गर्नुहुँदै मन्त्री खाणले नेपाल मानवअधिकारको पालनामा समेत चुक्न नहुने बताउनुभयो । लोकतान्त्रिक प्रक्रिया, देशको रक्षामा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, असोज १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij