सिट बाँडफाँड : प्रतिनिधिसभामा लगभग सहमति जुट्यो, अब प्रदेश सभामा छलफल

सिट बाँडफाँड : प्रतिनिधिसभामा लगभग सहमति जुट्यो, अब प्रदेश सभामा छलफल

काठमाण्डाै –  सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदल प्रदेशसभा केन्द्रित सिट बाँडफाँडको छलफलमा केन्द्रित भएको छ।

 

 

प्रतिनिधिसभा तर्फको सिट बाँडफाँड लगभग टुंगो लागेपछि कार्यदल प्रदेशसभातर्फ केन्द्रित भएको हो। सोमबारदेखि प्रदेशसभातर्फको बाँडफाँडमा छलफल प्रारम्भ भएको छ।

अहिले केहीबेरमा बालुवाटारमा बस्ने कार्यदलको बैठकमा प्रदेशसभा तर्फको सिट बाँडफाँडमा केन्द्रित भएर छलफल हुने कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभातर्फ अधिकांश सिटमा सहमति जुटिसकेको छ।

८० देखि ८५ कांग्रेसलाई, ४५ देखि ४७ माओवादीलाई, १५ देखि १७ एकीकृत समाजवादी र जनता समाजवादीलाई तथा दुई सिट राष्ट्रिय जनमोर्चालाई दिने तय भएको छ ।

कतिपय निर्वाचन क्षेत्रमा सहमति नजुटेकाले अन्तिम टुंगो लागिनसकेको र शीर्ष नेताहरूको एक बसाइको छलफलले टुंगो लाग्ने कार्यदल एक सदस्यले जानकारी दिए। प्रदेशसभा तर्फ रहेका ३३० सिटमा संघको बाँडफाँडकै अनुपातलाई आधार बनाएर छलफल प्रारम्भ भएको बताइएको छ।

प्रकाशित मिति : मंगलबार, असोज ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij