बाढी–पहिरो र डुबानमा परेकालाई उद्धार गर्न, आवश्यक परे हेलिकप्टर प्रयाेग गर्न गृह मन्त्रीको निर्देशन

बाढी–पहिरो र डुबानमा परेकालाई उद्धार गर्न, आवश्यक परे हेलिकप्टर प्रयाेग गर्न गृह मन्त्रीको निर्देशन

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ ।

गृह मन्त्री खाणले हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल प्रयोग गर्न पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले सुरक्षा निकाय र प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सरकारको मुख्य दायित्व नागरिकको जिउ–धनको रक्षा गर्नु रहेको भन्दै विपदमा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

गृह मन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेका छन् । निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृह प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : शनिबार, असोज २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij