समानुपातिकतर्फका ६ हजार ४ सय ९३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक

समानुपातिकतर्फका ६ हजार ४ सय ९३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक

काठमाण्डाै – निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले  उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक गरेको हो ।

बन्द सूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६१ जना, मधेस प्रदेशमा ९ सय ४८, वाग्मतीमा ८ सय २५, गण्डकी प्रदेशमा ३ सय ६८, लुम्बिनीमा ६ सय ५७, कर्णालीमा २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७६ जनाको नाम बन्दसूचीमा रहेको जनाएको छ ।

प्रदेश सभासहित बन्दसूचीमा रहने उम्मेदवारको सङ्ख्या ६ हजार ४ सय ९३ जना  रहेको छ ।

 

प्रकाशित मिति : आइतबार, असोज २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij