रुपन्देहीमा सत्ता गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

रुपन्देहीमा सत्ता गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

रुपन्देही – रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका गुरुङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र स्वतन्त्र उमेदवार हिमाल बश्यालको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिनुभएको छ ।

गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार विहीन बनेको छ । गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको २ हजार जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

गुरुङ र भूसालको उम्मेदवारी खारेजी सँगै एमाले उपाध्यक्ष पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ प्रतिस्पर्धी विहीन जस्तै भएको छ । भुसालले स्वतन्त्र उम्मेदवारी दिनेभन्दै विगत ५ महिना देखि निर्वाचन क्षेत्र केन्द्रित विभिन्न समाजसेवा मूलक कार्यक्रम गर्दै आउनु भएको थियो ।

एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी बन्दै आउनु भएको छ ।

प्रकाशित मिति : बुधबार, असोज २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij