गुल्मीमा कांग्रेसका ४ जनाले उम्मेदवारी फिर्ता लिए

गुल्मीमा कांग्रेसका ४ जनाले उम्मेदवारी फिर्ता लिए

गुल्मी – गुल्मीमा नेपाली कांग्रेका चार जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाको क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका कमल भुसालले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

त्यसैगरी उम्मेदवारी फिर्ता लिनेहरूमा क्षेत्र नं. १ अन्तर्गत (क) प्रदेश सभा सदस्यका उम्मेदवार किरण शाह र १ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

गुल्मीको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका नरेन्द्र अर्यालले पनि उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत वसन्तराज शिवबहादुर थापाले जानकारी दिनुभयाे । उहाँहरूले निर्धारित समयभित्र आज बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हाे ।

चारै जनाले वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : बुधबार, असोज २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij