प्राकृतिक विपदमा परि ६ महिनामा २ सय ७९ जनाकाे ज्यान गयाे, ५ सय ९५ जना घाइते

प्राकृतिक विपदमा परि ६ महिनामा २ सय ७९ जनाकाे ज्यान गयाे, ५ सय ९५ जना घाइते

काठमाण्डाै – आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखलाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा ‘प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ’ भन्ने रहेको छ । सन् १९८९ को राष्ट्र सङ्घ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरण बढाउने उद्देश्यले दिवसको सुरुवात गरेको थियो ।

नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ । बाढी/पहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो ।

मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढी/पहिरो, हिमपहिरो तथा भूकम्पको जोखिम उच्च छ । पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ ।

विपद्का बेला मानवीय क्षतिसँगै राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काममा ठूलो धन खर्च हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सावधानी अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिँदै आएका छन्।

प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij