काठमाडौं – आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको हो ।
भ्रष्ट्रचार मुद्दा, ज्यान मार्ने उद्योग, हत्याको अभियोग, नेपाली भूभागबारे विवादित अभिव्यक्तिमा मुछिएको, सरकारी जग्गा खाएको मुद्दा लगेका अभियोगमा अधिवक्ता अनिल आचार्यले उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् । यो रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्