बुटवल ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी खारेजी भएपछि निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट लिएर नेकपा ९एकीकृत समाजवादीका नेता राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् ।
सत्तारुढ गठबन्धनबाट रुपन्देही२ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो । गुरुङले बिहीबार सर्वोच्चमा रिट पेस गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रुपन्देही९ २ मा उम्मेदवारी खारेजीको विषयमा रिट पेस भएको र दर्ताको प्रक्रियामा रहेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार गुरूङ कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो ।
रुपन्देही२ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुसाल निकोलस र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो । उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन अधिकृतको कार्यालयको निर्णय खारेज गरी आफ्नो मनोनयन कायम गरिपाऊँ भन्दै सर्वोच्च पुगेका हुन् ।
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्