१५ पदका लागि रुपन्देहीबाट २०२ उम्मेदवार

१५ पदका लागि रुपन्देहीबाट २०२ उम्मेदवार

भैरहवा ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र दश प्रदेश सभा गरी १५ पदका लागि २०२ जनाले उम्मेदवारी दिएका हुन् ।

विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधिसभाका लागि ८८ जना र ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बुधबार रुपन्देहीस्थित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकमा नौजनाले उम्मेदवारी फिर्ता लिएको र तीनजनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । उम्मेदवारी खारेज हुनेमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही(२ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिएका कमल भुसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल छन् । तीनजनाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानविन गरी उम्मेदवारी खारेज गरिएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हुन् । अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको छ । भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ९ङ० वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।

नौजनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय रहेको सो अवधिमा रुपन्देहीबाट चारजना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

क्षेत्र नम्बर ३ बाट बाबुछोरासमेत मनोनयन दर्ता गरी चर्चामा आएका माओवादी केन्द्रका उम्मेदवारले फिर्ता लिएका छन् । गृहमन्त्रीका भान्जाले पनि उम्मेदवारी फिर्ता लिए । प्रतिनिधिसभा सदस्यमा गृहमन्त्रीका भान्जा शिव मल्ल र गठबन्धनबाट बागी उम्मेदवारको रूपमा रहेका माओवादी केन्द्रका इमदाद हुसैन खानले उम्मेदवारी फिर्ता लिएका हुन् । खानँ फैज अहमदका छोरा हुन् उनी माओवादी केन्द्रबाटै प्रदेश ३ को क बाट उम्मेदवारी दिए पनि छोेरासँगै फिर्ता लिएर गठबन्धनलाई सहयोग र समर्थन गर्ने जनाएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३को प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बनेका दुईजना, निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका दुईजना र क्षेत्र नम्बर ५ को क बाट एकजनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिएसँगै रुपन्देहीमा पाँच प्रतिनिधिसभा सदस्यका लागि ८८ जनामा प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij