निर्वाचन आचारसंहिता पालना गर्ने रुपन्देहीका राजनीतिक दलहरुको प्रतिबद्धता

निर्वाचन आचारसंहिता पालना गर्ने रुपन्देहीका राजनीतिक दलहरुको प्रतिबद्धता

बुटवल
रुपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसार, आमसभा, जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् ।

चाँदनी नेपालद्धारा आज बुटवलमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चुनावलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले चुनावमा उम्मेदवारको घोषणापत्र र एजेन्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सहज वातावरण तयार गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले आपसमा आरोप–प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, माओवादी केन्द्रका संयोजक निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अविराम विक, राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्साल, लोसपाका प्रवक्ता मोहम्मद इस्लाम, जसपाका प्रदेश सहसंयोजक नविन सुनुवारले हस्ताक्षर गरेको सामूहिक प्रतिबद्धतामा राजनीतिक दल र उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, वैठक, भेलाजस्ता कार्यक्रमलाइ अर्को दलले बिथोल्ने वा बाधा–अवरोध नपु¥याउने उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका दलहरूले आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, मतदान अधिकृत र पर्यवेक्षण गर्ने निकायसँग समन्वय गर्ने र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सो अवसरमा निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थी,पत्रकार माधव नेपाल र विजय विकास स्रोत केन्द्रका कार्यक्रम संयोजक आदर्श सिग्देलले निर्वाचन आचारसंहिता सम्बन्धी छुट्टाछुट्टै अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनाल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष धर्मराज घिमिरे,चादनी नेपालका कार्यक्रम संयोजक भवानीप्रसाद पाण्डे लगायतले निर्वाचन अचारसंहिता पालना गराउने बिषयमा संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै स्वतन्त्र,निस्पक्ष र तटस्थ समाचार सामाग्रि प्रकाशन प्रशारण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij