राजधानी सार्नेलाई भोट नदिऔं : नेता ढकाल

राजधानी सार्नेलाई भोट नदिऔं : नेता ढकाल

भैरहवा– नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ ९खप्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालले रुपन्देहीबाट प्रदेशको राजधानी दाङ सार्नेलाई यो पटक मत नदिन मतदातालाई आग्रह गरेका छन् ।

गठबन्धनद्वारा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कांग्रेसले लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा तोकेको अवस्थामा प्रदेश सभाबाट राजधानी दाङ सार्न आफ्ना प्रतिस्पर्धीले भूमिका खेलेको भन्दै त्यस्ता उम्मेदवारलाई सवक सिकाउन भए पनि यो पटक मत दिन नहुुने उनले बताए ।

‘उहाँ ९एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी०ले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न प्रदेश सभामा हस्ताक्षर गर्दा हामी रुपन्देहीमा राजधानी हुनुपर्छ भनेर आन्दोल गरिरहेका थियौं,’ कांग्रेस नेता ढकालले भने, ‘रुपन्देहीको बिकासका लागि को प्रतिबद्ध छ भन्ने कुरा मतदाताले बुुझ्ने बेला यही हो ।’

उनले संविधानको रक्षा गर्न कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको र अब देसको बिकास पनि गठबन्धनबाट सम्भव भएको जनाए । आफू बिजयी भए मतदाताको सिर निहुुरिने गरी कुनै पनि काम नगर्ने र जनचाहाना अनुसार आफ्नो क्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता उनको छ ।

ढकालले प्रदेशमा संविधानले ब्यबस्था गरे अनुसार काम गर्ने र संशोधन गर्नुुपर्ने विषयहरु संशोधन गर्दै जाने बताए । गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा उम्मेदवारमा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् भने प्रदेशसभा ९क०मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सन्तोकुमार पाण्डेय उम्मेदवार छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij