मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन:गृहमन्त्री खाँण

मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन:गृहमन्त्री खाँण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । बुटवल १७ रानिगंजमा आयोजित कार्यक्रममा बोल्दै उनले भने –‘यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गरिदैन,सबैलाइ ब्यबस्थापन गरिनेछ,जनताको सुरक्षामा सरकार प्रतिबद्ध र जिम्मेबार छ ।’
गृहमन्त्री बालकृष्ण खाणले मोतीपुर औद्योगिक क्षेत्र स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्नेगरी निर्माण गरिने बताएका छन् । बुटवल उपमहानगरपालिका १७ मा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाँणले स्थानीयको उठिबास लाग्नेगरी संरचना निर्माण नगरिने बताए । औद्योगिक क्षेत्र अब स्मार्ट हुने उनको भनाइ छ ।
अहिलेको क्षेत्रफल धेरै भएको भन्दै उनले क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई मर्का नपर्ने गरी संरचना निर्माणको योजनामा सरकार रहेको बताए । यश क्षेत्रका जनताका समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको गृहमन्त्री खाणले बताए । ‘स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमूना औद्योगिक क्षेत्रका रूपमा विकास गरिनेछ,’उनले भने, ‘यस क्षेत्रका वासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गरिनेछ । यसमा म कटिबद्ध छु । यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’
वर्तमान सरकार निर्माण भएपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको उनको भनाइ  थियो । खाँणले विकास जरुरी रहे पनि स्थानीय बासिन्दाको व्यवस्थापन नगरी कुनै पनि योजनालाई जबरजस्त अगाडि बढाउन नहुने बताए । ‘विकास जनताका लागि हो, त्यही विकासले कसैलाई उठिबास गर्छ, घरबारबिहीन बनाउँछ, प्रताण्डित गर्छ भने त्यसको अर्थ रहँदैन’, उनले भने, ‘जहाँ विकास गरे पनि स्थानीयका माग सम्बोधन गर्दै स्थानीयलाई व्यवस्थापनको राम्रो प्रबन्ध गरेर काम अघि बढाउनुपर्छ ।’

नेपाली कांग्रेसका प्रभावसाली केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधी सभा उम्मेदवार समेत रहेका मन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थय सगैं कृर्षी क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृर्षी क्षेत्रलाई पनि प्राथमीकतामा राखेर काम गरीरहेको बताएका छन् ।
उनले रुपन्देहीको कृर्षी क्षेत्रलाई उच्च प्राथमीकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृर्षी थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताए । उनले कृर्षी थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफुुलजन्य बस्तुको उत्पादन बढ्ने त्यसलाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रि बिमानस्थलबाट कार्गो प्रयोग गरी बिदेस निर्यात गर्न सकीने उल्लेख गरे । मन्त्री खाणले यसबाट हजारौ रोजगारी सिर्जना हुने भन्दै उनले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गरे ।
त्यस्तै आफु सिचाई मन्त्री हुँदा जिल्लामा सिचाईकालागी जनताको तटबन्धन, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउदै भविष्यमा पनि कृर्षी क्षेत्रको बिकासकालागी आवश्यक पुर्वाधार निमार्ण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।


गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (ख) का प्रदेश सभा उम्मेदवार रामचन्द्र ढकालले बिकासका लागी बिकास प्रेमी नेतालाई बिजयी बनाउन आग्रह गरे । भविष्यमा यहाँको अझ बिकास र समृद्धीकालागी प्रतिबद्ध भएर जनतासगं हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेश पूर्व सांसद पुष्पा थरुनी,नेकपा एकिकृतकाका नेता गोपाल नेपाल ,नेकपा माओबादीका महेन्द्र भुसाल,नेपाली काँग्रेस बुटवल १७का सभापती ओम घिमिरे ,टंक पाण्डे लगायतले बोल्दै यस क्षेत्रको बिकासको निम्ती गठबन्धनको जित आबश्यक रहेको बताए ।

 

प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij