एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

पार्टीको केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा आज दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । उहाँका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ ।

घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ । एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै  देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । समितिले दिएको सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालेले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij