गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु

हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।

काठमाण्डाै – हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।

हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएको थियो । यसैबीच क्यानका अनुसार कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत  एअरले  अबको एक महिनापछि गौतम  बुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थलबाट नियमित उडान गर्ने योजना समेत पेस  गरेको  छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij