रुपन्देही २ मा एमालेका पौडेलेको प्रतिवद्धता ःसमग्र रुपन्देहीलाइ विकासको रोल मोडल बनाउने

रुपन्देही २ मा एमालेका पौडेलेको प्रतिवद्धता ःसमग्र रुपन्देहीलाइ विकासको रोल मोडल बनाउने

बुटवल-नेकपा एमाले,राप्रपा र जसपाले सोमबार रुपन्देही क्षेत्र नं. २ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार एमालेका बिष्णु पौडेलले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै आफनो क्षेत्रलाइ मात्रै नभइ समग्र रुपन्देहीलाइ विकासको रोलमोडल बनाउने बताए । उनले शिक्षा,स्वास्थ्य , रोजगारी,पर्यटन र पूर्वधार विकास गर्दै समुन्नत आर्थीक केन्द्र बनाउने प्रतिवद्धता जनाएका हुन ।
पौडेलको प्रतिवद्धतापत्रमा ड्रिम प्रोजेक्टका रुपमा कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने भनिएको छ । सिँचाइ, जलविद्युत्, पर्यटन र खानेपानीका लागि महत्वपुर्ण भएकाले आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाउने उल्लेख गरीएको छ । यो आयाजना प्रदेश सरकार बिच विवादित बनेको छ । गण्डकी प्रदेशमा सरकारले काली गण्डकी तिनाउ बहुउदेश्यीय आयोजना अगाडि बढाउदाँ आफ्नो क्षेत्रका धेरै भु भागमा पानीको स्रोत सुक्ने भन्दै आयोजना रोक्नु पर्ने माग यसअघि नै उठाएका छन । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा संगै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाउने,समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट,रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेरबृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका सहरहरूलाई उच्चस्तरीय सडक सञ्जाल र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने भनिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माण गर्ने र पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गर्ने जनाइएको छ । पुरानो बटौली बजारलाई प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । नुवाकोट,बसन्तपुर क्षेत्रलाइ हिल स्टेसन बनाउने,बुटवलको अमपथ,पुल्चोक,गोलपार्क,ट्राफिकचोक क्षेत्रमा भुमिगत पार्कीङको व्यवस्था गर्ने भनिएको छ ।
प्रतिनिधिसभा उम्मेदवार पौडेल संगै प्रदेश सभा सदस्यका उम्मेदवार एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व गृहमन्त्री निरन्जन थापा लगायतले संयुझ रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
२०६४ यताका तीन वटा निर्वाचनमा ह्याट्रिक गरेका पौडेलका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थनमा जनमुक्ती पार्टीमा केशव थापा हुन ।
प्रदेशसभा तर्फ एमालेबाटै क मा लिला गिरी र ख मा भोज प्रसाद श्रेष्ठ उम्मेदवार छन । यी दुबै जनाले २०७४ को निर्वाचन जितेका थिए । सत्ता गठबन्धनको तर्फबाट गिरी सँग नेपाली काँग्रेसका दिर्ध बहादुर के सी(कुमार )र श्रेष्ठसँग माओवादी केन्द्रमा बामदेव श्रेत्री मुख्य प्रतिस्पर्धामा छन ।

प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij