घोराही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन् ।
परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनु पर्ने देखिएको बताए ।
आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उनको सुझाव छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ आैँ दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ट पाटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै उनले अब समाज सुधारलाई ध्यान दिनुपर्ने धारणा राखे ।
उनले यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै सामाजिक संस्कार सुधार गर्नुपर्ने बताए ।
समाजलाई सँगसँगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उनको भनाइ थियो ।
प्रकाशित मिति : बिहिबार, पुष २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्