भैरहवा – गृहमन्त्री बालकृष्ण खांणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि घरपरिवार विस्थापित हुनु नपर्ने बताएका छन् । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका खाँणले मंगलवार क्षेत्र नम्बर ३ (ख) ले शुद्धोधन गाउँपालिका ४, हाटबजारमा आयोजना गरेको बृहत चुनाबी सभालाई सम्बोधन गदैँ वर्षौदेखि बसोबास गर्दै आएका नागरिकलाई पनि आफूहरुले घरवार विहीन नबनाउने गरि औद्योगिक क्षेत्र बनाउने बताएका हुन्।
वर्तमान सरकार निर्माण भएपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको उनको भनाइ थियो । खाँणले विकास जरुरी रहे पनि स्थानीय बासिन्दाको व्यवस्थापन नगरी कुनै पनि योजनालाई जबरजस्त अगाडि बढाउन नहुने बताए । ‘विकास जनताका लागि हो, त्यही विकासले कसैलाई उठिबास गर्छ, घरबारबिहीन बनाउँछ, प्रताण्डित गर्छ भने त्यसको अर्थ रहँदैन’, उनले भने, ‘जहाँ विकास गरे पनि स्थानीयका माग सम्बोधन गर्दै स्थानीयलाई व्यवस्थापनको राम्रो प्रबन्ध गरेर काम अघि बढाउनुपर्छ ।’
साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाँणले राजनीतिक दलका बीचमा सहमति र एकताले नेपालमा धेरै ठूला राजनीतिक परिवर्तन भएको बताउँदै जनताको अवस्था बल्दन र आर्थिक क्रान्ति गर्न गठबन्धन भएको बताए । ‘जनताको अवस्था बदल्नका लागि गठबन्धन गरिएको हो । राजनीतिक दलका बीचमा सहमति र एकताले नेपालमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् । अब नेपालमा आर्थिक र औद्योगिक क्रान्तिको आवश्यकता छ । त्यो सत्तागठबन्धनले मात्रै पुरा गर्न सक्छ ।’–उनले भने ।
साथै संविधान सभाबाट संविधान पनि जारी भइसकेको र संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेको गृहमन्त्री खाँणले बताए ।‘सत्ता गठबन्धनले रुपन्देही सहित देशभर नै सफलता प्राप्त गर्छ । जनताले गठबन्धनलाई विजयी गराउनेमा ठुक्क छौँ ।’–उनले भने ।
गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थय सगैं कृर्षी क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृर्षी क्षेत्रलाई पनि प्राथमीकतामा राखेर काम गरीरहेको बताएका छन् । रुपन्देहीको कृर्षी क्षेत्रलाई उच्च प्राथमीकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृर्षी थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताए । उनले कृर्षी थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफुुलजन्य बस्तुको उत्पादन बढ्ने त्यसलाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रि बिमानस्थलबाट कार्गो प्रयोग गरी बिदेस निर्यात गर्न सकीने उल्लेख गरे । मन्त्री खाणले यसबाट हजारौ रोजगारी सिर्जना हुने भन्दै उनले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गरे ।
त्यस्तै कार्यक्रममा प्रदेश ३( ख )का उम्मेदवार रामचन्द्र ढकालले ५ बर्षसम्म जनताको घरदैलोमा नजाने नेतालाई दोहोराएर जनताले निर्वाचित नगर्न आग्रह गर्दै नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । भविष्यमा यहाँको अझ बिकास र समृद्धीकालागी प्रतिबद्ध भएर जनतासगं हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाए ।कार्यक्रममा प्रदेस ३ क का सन्तोष पाण्डे ,माओबादी केन्द्रका हकिउल्लाह खाँ नेपाली काँग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी,देबीराम बिक लगायतले बोलेका थिए ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्