भैरहवा,
तमु प्ये तहु संघ भैरहवा रुपन्देहीले मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई सहयोग गर्ने भएको छ ।
बुधबार बिहान भैरहवामा भएको कार्यक्रममा संघका अध्यक्ष यमबहादुर गुरुङले संघमा आबद्ध सबैले प्रतिनिधि सभामा कांग्रेस केन्द्रीय सदस्य खाणलाई मतदान गर्ने बताउनुभयो ।
रुपन्देही र विषेशगरी भैरहवा क्षेत्रको विकासका लागि विकास प्रेमी नेता स्पष्ट वक्ता खाणलाई संघले सहयोग गर्ने अध्यक्ष गुरुङले बताउनु भयो ।
गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार खाणले मुलु्कमा शान्ति कायम गर्दै जनताको लामो संघर्षपश्चात आएको वर्तमान व्यवस्थालाई संस्थागत गर्दै नागरिकको अवस्था परिवर्तनका लागि लागिपर्ने बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्