रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनले शक्ति प्रदर्शन गरेकाे छ । चुनाव प्रचारकाे अन्तिम दिन उम्मेदवारहरुले बृहत र्याली सहित बुटवल बजार परिक्रमा गरेका हुन । बुटवलमा गठबन्धनका उम्मेदवारहरुको पक्षमा उर्लिएको विशाल जुलुसले चुनावी माहोल मात्र ल्याएन, चुनाव कस्ले जित्छ भन्ने प्रश्नको पनि उत्तर दिएको बुटवलबासीले बताउन थालेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं. २(२) मा गठबन्धनका उम्मेदवारहरुको समर्थनमा उत्साहजक सहभागिताले गठबन्धनकाे जित सुनिश्चित भएकाे देखिन्छ । बुटवल पुष्षलाल पार्कबाट सुरु भएको बृह्त र्याली अमरपथ बजार ,दुर्गा मन्दिर ,ट्राफिक चाेक हुदैँ विपि चाेकमा पुगेर काेण सभामा परिणत भएको थियो।

गठबन्धनलाई बिजय उन्मुख छ : बामदेव क्षेत्री
सभालाई सम्बोधन गर्दै रुपन्देही २(२) का उम्मेदवार बामदेव क्षेत्रीले बृहत् प्रदर्शनीले गठबन्धनलाई बिजय उन्मुख गराएको बताए ।
मंसिर ४ गते मतदान गरेर बिजयको सुनिश्चित गर्न सहभागीहरुलाई आग्रह गर्दै निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नबनेको भन्दै राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै मुलकको समृद्धिका लागि र संसद विगटन गर्ने र जनताको उपलब्धिहरुलाई मास्न खोज्नेहरुका विरुद्धमा भएकाले मतदाताहरुलाई कही कतै नअल्मलाई गठबन्धनका पक्षमा मतदान गर्न अनुरोध गरेका थिए।
एमालेलाई सुर्य ग्रहण लागेकाे छ,हेर्नु पनि हुदैन : केशब बहादुर थापा
रुपन्देही २ प्रतिनिधि सभाका उम्मेदवार केशब बहादुर थापाले एमालेलाई सुर्य ग्रहण लागेकाे बताए ।मंसीर ४ मा सुर्य ग्रहण लाग्छ त्यस ग्रहणलाई हेर्नु पनि हुदैन सुर्यमा भाेट हाल्न पनि हुदैन आफ्नाे भविष्यमाथी ग्रहण नलगाउन आग्रह गर्दै गठबन्धनकाे जितले देश र जनताकाे भाग्य र भबिष्यमा परिवर्तन आउने बताए ।



प्रकाशित मिति : बिहिबार, मंसिर १ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्