नवलपुरमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी

नवलपुरमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी

नवलपरासी – पूर्व नवलपुरमा एउटा मतदान केन्द्रमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी भएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देवचुली नगरपालिका ४ को शान्ति शृजना केन्द्र झाक्रेमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो ।

मतपेटिकामा मतपत्र खसाएपछि नारायण भण्डारीले एसिड प्रयोग गरि आगो लगाएका प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरिएको र उनी पूर्वलडाकु रहेको बुझिएको छ । आगजनीको थप कारण खुल्न बाँकी छ ।

मतपेटिकामा आगजनी भएपछि अहिले यस केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij