दाङ,
दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ६०४ मतले अग्रता लिएकी छन् ।
२ हजार ७८० मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६०४ मतले पछाडि परेका छन् । सत्ता गठबन्धनकी रेखाले १ हजार ४५० ल्याउँदा पोखरेलले ८४६ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।
यो क्षेत्रमा हाल बगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नम्बर १५ र १९ को मतगणना भइरहेको छ । स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रमा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेदवारले जितेका थिए ।
नेकपा एमालेका जिल्ला प्रचार विभागका संयोजक सविन प्रियासनले सत्ता गठबन्धन दलको प्रभाव रहेको क्षेत्रबाट मतगणना सुरु भएकाले महासचिव पोखरेल पछाडि परेको बताए । उनले एमालेको प्रभाव क्षेत्रहरुमा गणना हुन बाँकी भएकाले अहिले नै हतार गर्न नहुने बताए ।
प्रकाशित मिति : सोमबार, मंसिर ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्